Logo

ईन्स्टाग्राममा प्रियाले फेसबुकका मालिक जुकरबर्गलाई पनि पछि पारिन !



Spread the love

यति बेला प्रियाप्रकाश वारियर सामाजिक सञ्जाल इन्स्टाग्राममा यति लोकप्रिय छिनकी उनले फेसबुकका मालिक जुकरबर्गलाई पनि उछिनिदिएकी छन् ।फोटो शेयरिंग एप्प मा यसका मालिक मार्क जुकरबर्ग करीब साढें सात वर्षदेखि इस्टाग्राममा सक्रिय छन् तर अहिलेसम्म उनलाई चार मिलियन मानिसहरुले फलो गरेका छन् । जबकि प्रियाले इस्टाग्राम प्रयोग गर्न शुरु  गरेको करीब डेढ वर्ष मात्रै भएको छ तर उनका फलोवर्स साढें चार मिलियन पुगिसकेका छन् । जुन विश्वका १०५ देशको कुल जनसंख्या भन्दा धेरै हो ।प्रियाका फलोअर्सको संख्या पछिल्ला एक सातामा तीब्रगतिमा बढेका छन् । यसको प्रमुख कारण हो भ्यालेनटाइन दिवसको अवसरमा सार्वजनिक भएको उनको एक भिडियो, जसमा प्रियाले आँखा मारिरहेको देखिन्छिन् ।तुलनात्मक रूपमा हेर्दा अहिले इस्टाग्राममा प्रियाका जति फलोअर्स छन त्यति त विश्वका १०५ देशको जनसख्या पनि छैन । विश्वका २३३ देश मध्ये १०५ यस्ता देश छन ती देशकोे कुल जनसंख्या ८०१ देखि ४५ लाखसम्म मात्रै रहेका छन ।

प्रतिक्रिया दिनुहोस्