Logo

गुल्मीमा ट्रकले किचेर सहचालकको घटना स्थलमै मृत्यु



Spread the love

२९ जेठ, गुल्मी । गुल्मीमा ट्रकले किचेर सहचालकको घटना स्थलमै ज्यान गएको छ ।

मदाने गाउँपालिका– २ , बाँझकटेरी पञ्चनपोखरा स्थित ना २ ख ५७६५ नम्बरको ट्रकले किचेर सोही ट्रकका सहचालक अन्दाजी २० वर्षीय गगन घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

अर्घाखाँचीबाट निर्माण सामग्री बोकेर आएको उक्त ट्रक ओरालोमा रोकिएको र सह–चालक घर्तीले पछाडि ओँट लगाउदै गर्दा ट्रक गुडेर टाउकोमा किच्दा घटना स्थलमै ज्यान गएको बताईएको छ । घर्तीको घर प्युठानको स्वर्गद्धारी रहेको खुलेको छ ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जानकारी दिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्