Logo

मंगल ग्रहबाट चीनको यानले पठायो ‘सेल्फी’



Spread the love

२९ जेठ, काठमाडाैँ । चीनले मंगल ग्रहमा पठाएको झुरोंग रोवरले थप नयाँ तस्बीरहरू पठाएको छ । शुक्रबार मंगल ग्रहबाट झुरोंगले पठाएका तस्बीरहरू चीनले सार्वजनिक गरेको हो ।

झुरोंगले पठाएका तस्बीरहरूमा एउटा ‘सेल्फी’ पनि रहेको छ ।

उक्त रोवरले वायरलेस क्यामेरा मार्फत उक्त तस्बीर लिएको हो । मे महिनामा मंगल ग्रहमा ल्याण्ड भएको उक्त रोवरले नजिकको दुरीबाट नै उक्त सेल्फी खिचेको हो।

सेल्फी सहित झुरोंगले तीन तस्बीरहरू पठाएको छ । ती तस्बीरहरू चाइनिज स्पेस एजेन्सीले मंगल अभियान सफल भएको अवसरमा सार्वजनिक गरेको हो ।

अहिले मंगल ग्रहमा चीनको झुरोंग रोवर र अमेरिकामाको फर्सिभिअरेन्स रोवरले मानव जातीको संभाव्यताबारे अध्ययनका लागि नमुना संकलनका लागि काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्