Logo

कोरोना भाइरसको खोप लगाएका व्यक्तिको शरीर चुम्बक बनेपछि…



Spread the love

२८ जेठ, काठमाडाैँ । कोरोना भाइरसविरूद्धको खोप लगाएका एक व्यक्तिको शरीरमा चुम्बकीय शक्ति विकसित भएको छ । कोरोना विरूद्धको भ्याक्सिन लगाएपछि भारतको नासिकमा बस्ने एक पुरुषको शरीर चुम्बकजस्तै भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

नासिकका अरविन्द सोनारले भ्याक्सिनको डोज लिएपछि आफ्नो शरीर चुम्बकको काम गरिरहेको बताएका छन् । यद्यपी, विज्ञहरूले भने कोरोना विरूद्धको भ्यास्सिन लगाउँदा यस्तो साइड इफिक्ट नदेखिने बताएका छन् ।

अहिलेसम्म विश्वमा कोरोना भाइरस विरूद्धको भ्याक्सिन लगाएकाहरूमा ज्वरो आउने, कसैलाई शरीर दुख्ने त कसैलाई कमजोरी हुने जस्ता साइड इफेक्टहरू देखिइरहेका छन् ।

भारतका अरविन्दले आफ्नो शरीरमा फलामहरू टासिएको भिडियो सामाजिक सञ्जालमा समेत राखेका छन् । भिडियोमा सिक्का र फलामद्वारा बनाइएका सामानहरु उनको शरीरमा टासिएको देख्न सकिन्छ ।

विज्ञहरूले यस विषयमा थप चेकजाँच गरेरमात्रै अरू तथ्य थाहा पाउन सकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्