Logo

आफ्नै गर्लफ्रेन्डको विहे हेर्न महिलाको कपडा लगाएर व्बाइफ्रेण्ड गएपछि…



Spread the love

२३ जेठ, एजेन्सी । भारतमा एक जना व्यक्ति आफ्नै गर्लफ्रेन्डको विवाहमा उपस्थित भएको घटना भाइरल भइरहेको छ । आफ्नी गर्लफ्रेण्डको विवाह हेर्न पुरूषले महिलाको कपडा लगाएर गएको भिडयो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उक्त भिडियोमा एक् जना पुरूषले महिलाको सारी लगाएको देख्न सकिन्छ । सारीसँगै ती व्यक्तिले गहनाहरू पनि लगाएका छन् भने पूर्ण रूपमा मेकअप पनि गरेका छन् ।

गर्लफ्रेण्डले अर्कै पुरूषसँग विवाह गर्न लाग्दा उनी टुप्लुक्क त्यहाँ देखा पर्छन् ।

ती व्यक्ति विवाह गर्न लागेकी महिलाको कोठामा जाने सुरका साथ गएका हुन्छन् । तर, मानिसहरूले उनको असली रूप थाहा पाइहाल्छन् । महिलाको परिवारले प्रहरीलाई खबर गर्नुभन्दा अगाडी नै महिलाको सजावटमा आएका पुरूष २ जना साथि सहित भागेको भारतीय मिडियाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्