Logo

गुल्मीमा गोरु काटेको आरोपमा तीन जना पक्राउ



Spread the love

१९ जेठ, गुल्मी । गुल्मीमा गोरु काटेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

जिल्लाको मालिका गाउँपालिका वडा नम्वर दुई पाटाखर्कका युवराज बोहोराको गोठमा बाँधिएका एक हल गोरु घन र धारीलो हतियारले हानेर मारेको आरोपमा स्थानीय दुई बालक सहित १९ वर्षीय लोकेन्द्र बोहोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

जेठ १६ गते राती घन र धारीलो हतियार प्रयोग गरी एक हल गोरु मारेको खबर थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली स्थलगत अध्ययनका लागि त्यस स्थानमा पुगेको थियो ।


पक्राउ परेकाहरुलाई गोरु मारेर पित्त झिकेको आरोप लागेकको छ । उनिहरुलाई अहिले तम्घास ल्याईँदै गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भैइरहेको प्रहरीले उल्लेख गरेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्