Logo

गजल – शिला अर्याल …



Spread the love

 

गजल

 

डर लाग्छ प्रदेसी, त्यो लैरी अन्तै टेकाइदियौ भने,
मेरो अस्तित्वलाई नै रेमिटान्सले मेटाइदियौ भने ।

 

तिमीबाट पैसा होइन पसिना मागेछ यो देशले,
के हुन्छ भोली पसिना बाहिरै सकाइदियौ भने ।

 

परीणाम के छ रु त्यो भलो गर्ने दुनियाँले दिएको,
आमाको काठे बाकस बैरिलाई देखाइदियौ भने ।

 

सोचिरहन्छु म हामी र तिमी मिली बनाएको देश,
तर मेरा सपना आउने बाटो नै छेकाइदियौ भने ।

 

सफलता नसोच पक्कै खुशी हुन्निन नेपाल आमा,
छोराको नाम बिदेसी नागरिकतामा लेखाइदियौ भने ।

प्रतिक्रिया दिनुहोस्