Logo

सल्यानमा खोलाले बगाउँदा एक जना बेपत्ता, लाखौँ धनजनको क्षति



Spread the love

sharada-khola

अविरल वर्षा सङ्गै शारदा खोलामा आएको बाढीले बगाउदा  एक व्यक्ति बेपत्ता भएका छन् ।
सल्यान बागचौर  नगरपालिका वडा न. २ थारमारे सेराचौर निवासी ५६ वार्षिया कुल बहादुर वलिलाई कोटबारा टाट्के बजार बाट घर तर्फ फर्कदै गर्दा टाट्के नजिकै बाट शारदा खोलाले बगाएको वाइसीएल सल्यानका अध्यक्ष शोभाराम भण्डारीले बताए ।

इलाका प्रहरी कार्यालय थारमारेलाई जानकारी दिए लगतै वाइसीएल नेपाल बागचौर नगरपालिका वडा न. ७ को टोलीले शारदा खोलाको बाढिमा बेपत्ता भएका वलिको खोजी कार्य तीव्र पारिएको अध्यक्ष भण्डारीले बताए ।

ठुलो आएको शारदा खोलाले किसानहरुका खेत, घट्ट लगाएत लाखौँको क्षति भएको र बेलुकी ६ बजे तिर बगाएका वलिको खोजी कार्यमा समेत असहज भएको स्थानीय बासिको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्