Logo

पैसा र पहुँच नहुँदा पाइनन् गुल्मीमा २४ वर्षीया युवतीले न्याय



Spread the love

७ जेठ, गुल्मी । मुलुक यति बेला कोरोना भाइरसका कारण विषम परिस्थितिबाट गुज्रिरहेको छ । दिन प्रतिदिन संक्रमितको संख्या बढिरहेको छ भने मृत्युदर पनि उकालो लागिरहेको । कोरोना भाइरस तथा अन्य विभिन्न कारणले मानिसहरुको दिनहुु मृत्युको खबरले हामी सबैलाई दुखित तुल्याएको छ । मृत्युको खबरले सबैलाई पिरोलिरहेको अवस्थामा गुल्मीकी एक दलित युवतीलाई भने कोरोनाले भन्दा पनि न्याय नपाउदा जिउँदै मरेतुल्य बनाएको छ ।

जिल्लाको मालिका गाउँपालिका -८ की २४ वर्षीया युवतीले न्यायको लागी सबै सङ हारगुहार गरे तापनि न्याय पाउन सकेकी छैनन् ।

यस्तो छ घटनाको वृत्तान्त

जिल्लाको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिका ८ की एक दलित युवतीको स्थानीय एक युवकसँग माया प्रेम बस्यो । दुबैजनाको सहमतिमा उनिहरु बिच शारीरिक सम्पर्क पनि भयो । शारीरिक सम्पर्कपछि युवतीको पेटमा सन्तान रहेको कुरा ति युवती अनि विस्तारै युवतीका घर परिवारलाई समेत थाहा भयो । सन्तान पेटमा रहेको थाहा पाएको दिनदेखि उनी न्यायको लागि भाैतारिइरहेकी छिन् । तर, उनले सन्तान जन्मेर एक महिनाको पुगि सक्दा पनि न्याय पाउन सकेकी छैनन् ।

बिहे गरेर घरवार बिग्रिएपछि उनी लामो समयदेखि माइतमै बस्दै आएकी थिइन् । माइतिको पक्षको आर्थिक अवस्था निकै कम्जोर हुनु र जसलाई युवतीले बाबुको आरोप लगाईकी छिन् त्यी व्यक्ति वडा सदस्यको छोरा भएको हुँदा न्याय पाउन झनै कठिन भएको बुझ्न सकिन्छ ।

सदरमुकाम तम्घाससम्म आउन सक्ने अवस्था नभएको र आफ्नो कोही मान्छे नहुँदा आफुँहरु अन्यायमा परेको पीडित युवतीकी आमा गोरी विक बताउछिनै । “म तम्घाससम्म जान सक्दिन श्रीमान बितेको ८-१० वर्ष भयो मैले रातदिन एक गरेर छोराछोरी पाल्दै आएकी छु । उनले भनिन्, “मेरो केहि उपाए छैन, छोरीले बच्चा जन्माएको बैशाख ८ गते हो । मैले यो सुत्केरीलाई कहाँबाट के ल्याएर खान दिउ ।”

यता वडा कार्यालयले भने केश जटिल भएका कारण माथिल्लो निकाय गाउँपालिका अथवा जिल्ला प्रशासन कार्यालय तम्घास जान सुझाव दिँदै तर्किरहेको छ ।

आरोपितका बाबु तथा वडा सदस्य समेत रहेका मुक्त सुनार भने पीडित युवतीले दाबी गर्दै आएको सन्तान आफ्नो छोराको नभएको जिकिर गर्दै आएका छन् । छोराले गल्ती नगरेको उनले दाबी उनको छ ।

परिवारको आर्थिक अवस्था निकै कमजोर र केस जटिल हुँदा छिमेकीले समेत साथ नदिएको पिडीत पक्षको गुनासो छ ।

कसैको पनि साथ नपाउँदा पीडित परिवारलाई थप हिनता बोध भइरहेको छ भने आफु जस्ता गरिब दलितले न्याय नपाईँदो रहेछ भन्ने आभास समेत भईरहेको छ ।

यस विषयमा पटक-पटक सञ्चार माध्यममा खबर प्रशारण हुँदा पनि कसैको ध्यान पुग्न सकेको छैन । त्यस्तै, आफुलाई दलित अगुवा तथा दलित अधिकारकर्मी भन्नेहरु पनि लुकेर बसेका छन् । उनीहरूले कोरोना महामारीको बहान देखाएर घटना पन्छाउँने प्रयास समेत गरेका छन् ।
तर, अहिलेको परिस्थितिमा कोरोनाको महामारी भएपनि युवतीको परिवारले न्यायको लागि सञ्चार माध्यममा हारगुहार गर्दा अवस्था सामान्य थियो । त्यतीबेला यस घटनाबारे जान्ने चेष्टा कसैले गरेनन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्