Logo

मोडलिङमा जम्दै गरेका प्रमेस के.सी. आखिर को हुन त ? | हिमाल मुनी |



Spread the love

काठमाडौं ८, सल्लेरी खबर ।

कन्दरा ब्यान्डले हिमाल मुनि नामक गीत सार्वजनिक गरेको छ । आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतमा नेपालको मनमोहक दृश्यसँगै अस्ट्रेलियाको मेलबर्नको दृश्य समेत समेटिएको छ । म्युजिक भिडियो मा एकदमै सुन्दर दृश्यहरू कैद गरिएको छ ।

हाल अस्ट्रेयामा रहँदै आएका नेपालगन्ज–१३ शान्तिनगरका प्रमेस केसीले गीतमा मोडलिङ गरेका छन् ।उनको जन्मघर सल्यानको कोटमाैला हो । उनलाई मोडलिङमा आस्था काफ्लेले साथ दिएकी छिन् ।

हिमाल मुनिमा विवेक श्रेष्ठको आवाज, सुनिल थापाको शब्द/सङ्गीत तथा अल्मोडा राना उप्रेतीको अरेन्ज रहेको छ । हिमाल मुनि नामक गीत भेडी गोठैमा नामक अल्बममा समावेश रहेको छ । म्युजिक भिडिओ जीवन रसाइलीले तयार परेका हुन् ।

सानै उमेरमा विभिन्न क्षेत्रमा अव्वल रहेका प्रमेसको मोडलिङ क्षेत्रमा पनि रुचि एकदमै रहेको छ । नेपाल/नेपाली प्रतिको माया लाई उनले निरन्तर दिईरहनका लागि प्रदेशमा बसेर भए पनि नेपाली गीत सङ्गीत मा लाग्ने वताउछन् ।

 

भिडियो हेनुहोस ।

https://www.youtube.com/watch?v=B_c5IlEZco4&sns=fb&app=desktop

 

प्रतिक्रिया दिनुहोस्