Logo

क्रिकेट खेलाडीलाई तीन/तीन लाख दिने सरकारको घोषणा



Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकप छनौट क्रिकेटमा पुगेको नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाखसहित सम्मान गर्ने घोषणा गरेका छन् ।

सरकारले नामिवियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग प्रतियोगिताका खेलाडी र प्रशिक्षकलाई ३,३ लाख दिने घोषणा गरेको हो ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट खेलाडीलाई सम्मान गर्दै उक्त घोषणा गरेका हुन।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार खेल क्षेत्रको विकासको सकारात्मक रहेको बताए।

प्रधानमन्त्रीले घोषणा गरेको उक्त रकम आउँदो शुक्रबार हस्तान्तरण गरिने खबर आजको कान्तिपुरमा  छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्