Logo

चलचित्र ‘अनुराग’को पहिलो गीत सार्वजनिक



Spread the love

चलचित्र ‘अनुराग’को पहिलो गीत सार्वजनिक भएको छ । डान्सिङ नम्बर रहेको ‘कान्छा दाइ गाना बजाई देऊ’ बोलको गीत शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । ताराप्रकाश लिम्बु र ममता गुरुङको स्वरमा रहेको गीतमा शब्द ममता गुरुङ र सङ्गीत ताराप्रकाश लिम्बु रहेको छ । ‘द कार्टुन क्रुज’का सरोज अधिकारी र नायिका एलिजा गौतम फिचर रहेको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन् । एरिका फिल्मसद्वारा निर्माण भएको चलचित्रलाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् । चलचित्रमा किरण दाहालको कथा रहेको छ भने निर्देशक चौलागाईको पटकथा र संवाद रहेको छ । चलचित्रलाई भरत गौतम र गीता भेटवालले निर्माण गरेका हुन् । चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहोन निरौला, विश्व बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्र जेठ ११ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/qDleSmKRaxE

प्रतिक्रिया दिनुहोस्