Logo

सम्बन्ध बिच्छेद गर्नेहरुको संख्या सल्यानमा घट्दै



Spread the love

salyan-jilla-adalat

सल्यानमा सम्बन्ध बिच्छेद गर्नेहरुको संख्या घट्दै गएको छ ।
आर्थिक वर्ष २०७१/७२ को भन्दा २०७२/७३ मा सम्बन्ध बिच्छेद गर्नेहरुको संख्या घट्दै गएको जिल्ला अदालत सल्यानले जानकारी दिएको छ ।

गएको आर्थिक वर्ष २०७२ र ०७३ मा सम्बन्ध बिच्छेद गरी पाउ भनी परेका ८२ वटा उजुरी मध्ये ५४ जोडीहरुको सम्बन्ध बिच्छेद भइसकेको जिल्ला अदालत सल्यानका डिठ्ठा जय रोकायले जानकारी दिनु भयो । उहाँले २८ वटा मुद्धा फस्र्यौट हुन बाँकी रहेको जानकारी दिनुभयो । त्यसै गरी बितेको आर्थिक वर्ष २०७१ र ०७२ मा परेका ८३ वटा उजुरीहरु मध्ये ५४ जोडीको सम्बन्ध विच्छेद भएको र २९ वटा मुद्धा फस्र्यौट हुन बाँकी रहेको रोकायले जानकारी दिनुभयो ।

सल्यानमा यी दुई वर्षमा परेका उजुरीहरुलाई हेर्दा केही हद सम्म सम्बन्ध बिच्छेद गर्नेहरुको संख्या घट्दै गएको छ । कुटपिट गर्ने मानिसहरूमा स्वतन्त्र हुने चाहना बढ्ने, मदिरा पिउने, शंका गर्ने, दाइजो नल्याएको भनी गाली गर्ने , खर्च नदिने, छोरा छोरीकोे वास्ता नगर्ने, बालबिबाह तथा वहुविवाह गर्ने, वैदेशिक रोजगारका कारण श्रीमानहरु परस्त्रीसँंग र श्रीमतिहरु पर पुरुष सँग सम्पर्क बढ्नु लगायतका कारणले सम्बन्ध बिच्छेद गर्ने गरेको पाइन्छ । सल्यानमा जनचेतना कारण सम्बन्ध बिच्छेद गर्नेहरुको संख्या घट्दै गएको जिल्ला अदालत सल्यानले जानकारी दिएको

प्रतिक्रिया दिनुहोस्