Logo

लकडाउनको समयमा बढ्यो कण्डमको व्यापार



Spread the love

१९ बैशाख, एजेन्सी । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि लगाइएको लकडाउनको अवधिमा कण्डमको व्यापार बढेको छ । रेक्टिकका अनुसार चीन सहित अन्य मुलुकमा पनि यो समयमा कण्डमको बिक्रीमा ठूलो वृद्धि भएको हो ।

रेक्टिकका अनुसार लकडाउन लागु भएका मुलुकहरूमा कण्डमको व्यापार दोहोरो अंकले बढेको पाइएको छ । विश्वव्यापी रूपमा २०२१ को पहिलो क्वार्टरमा ड्युरेक्सको कण्डमको बिक्री दोहोरो अंकमा बढेको हो ।

तर, सोही अवधिमा अन्य स्वास्थ्य सामग्रीको बिक्री भने घटेको पाइएको छ । रेक्टिकका बोसका अनुसार लिसोल र डिटोलको बिक्री भने अन्यको तुलनामा बढेको छ ।

कोरोना भाइरसको पहिलो चरणमा कोरोना संक्रमण फैलिने भन्दै याैन सम्पर्क गर्नेको संख्यामा पनि कमी देखिएको थियो । तर, यो वर्ष उक्त संख्या बढेको बिबिसीमा उल्लेख छ ।

कण्डम कम्पनी ड्युरेक्सका अनुसार कोरोना महामारी पछि सामाजिक दूरीको नियममा परिवर्तन भएसँगै कण्डमको व्यापार उकालो लागेको हो ।

प्रतिक्रिया दिनुहोस्