Logo

अल्लु अर्जुनलाई कोरोना संक्रमण



Spread the love

१५ बैशाख, एजेन्सी । दक्षिण भारतका स्टार अभिनेता अल्लु अर्जुन कोरोना संक्रमित भएका छन् । बुधबार गरिएको कोरोना परीक्षणमा उनको नतिजा पोजेटिभ देखिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

अभिनेता अर्जुनले पनि सामाजिक सञ्जालमार्फत आफु कोरोना संक्रमित भएको जानकारी दिएका छन् । कोरोना संक्रमण भएपछि होम क्वारेन्टिनका बसेको पनि अर्जुनले उल्लेख गरेका छन् ।

अल्लु अर्जुन अहिले फदाद फासिल फिल्मको सुटिङमा व्यस्त थिए । सुकुमार पुष्पको उक्त फिल्ममा रश्मिका मन्दन्ना र अनशुया भारद्वाजले पनि भर्खरै काम सुरू गरेका थिए ।

अभिनेता अर्जुनलाई कोरोना संक्रमण पुष्टि भएपछि सबै जना कोरोना मुक्त नहुँदासम्म उक्त फिल्मको सुटिङ स्थगित गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्