Logo

माओवादी सरकारमा सहभागी नहुने



Spread the love

माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ ।

बुधबार एमाले र माओवादीबीच सरकार गठन विषयमा भएको छलफलपछि माओवादी केन्द्रले तत्कालै सरकारमा सहभागी नहुने जनाएको हो ।

एमालेको नेतृत्वमा प्रदेश १ मा सरकार बनाउने तयारी भईरहेका बेला मन्त्रालयका विषयमा सहमति हुन नसकेपछि माओवादीले सहभागी नहुने बताएको छ ।

माओवादी केन्द्र मोरङ ईन्चार्ज कुशल  लिम्बुले मन्त्रालयमा कुरा नमिलेको भन्दै सरकारमा सहभागी नहुने स्पष्ट पारे ।

उनले भने, सरकार गठन विषयमा बुधबार विराटनगरमा भएको छलफलमा कुरा नमिलेपछि सरकारमा सहभागी नहुने निर्णय गरिएको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्