Logo

एउटै अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु



Spread the love

९ बैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको आज मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका – १६ नगवा निवासी ६१ वर्षीया महिला र वीरगञ्ज– १९ बिन्ध्यवासीनी निवासी ६३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरोबाट ग्रसित महिलाको आज बिहान १ः१५ बजे र पुरुषको बिहान १०ः५० बजे उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिए ।

उनले वैशाख ३ गते सङ्क्रमण पुष्टि भएको महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वैशाख ५ गते अस्पताल भर्ना गरीएको बताए । त्यस्तै कडा निमोनिया र उच्च ज्वरोबाट पीडित पुरुषलाई वैशाख ५ गते अस्पताल भर्ना गरीएको र उनको वैशाख ६ गते रिपोर्ट पोजेटिभ आएको डा दासले जानकारी दिए ।

यसैसँगै कोरोना सङ्क्रमणकै कारण पर्सामा मृत्यु हुनेको सङ्ख्या ६० पुगेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए । पछिलो एक साताभित्र कोरोना सङ्क्रमणकै कारण पर्सामा सात सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्