Logo

जिल्ला कारागार गुल्मीका कार्यालय सहयोगीले कार्यालयमै गरे आत्महत्या



Spread the love

७ बैशाख, गुल्मी । जिल्ला कारागार गुल्मीका कार्यालय सहयोगीले आफ्नै कार्यालयमा आत्महत्या गरेका छन् ।

रेसुङ्गा नगरपालिका १० का ४४ वर्षीय गोबिन्द प्रसाद पाण्डे मंगलबार बिहान कार्यालयको पङखाको हुकमा झुन्डिएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदार पन्तले जानकारी दिएका छन् ।

उनि २०६३ साल देखि जिल्ला कारागार कार्यालय गुल्मीमा कार्यरत थिए । उनको शव पोस्ट मार्टमको लागी जिल्ला अस्पताल गुल्मीमा लगिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्