Logo

शनिबार देशभर कति थपिए कोरोना संक्रमित, कतिले जिते कोरोना ? , मृत्यु हुनेको संख्या कति ?



Spread the love

४ बैशाख, काठमाडाैँ । देशभर शनिबार ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शनिबार ६००४ जनाको कोरोना परीक्षण गर्दा ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार नै कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०७५ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।

अहिलेसम्म देशभर २ लाख ८३ हजार ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये २ लाख ७५ हजार ३८ जना कोरोना संक्रमण मुक्त भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २२६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्