Logo

तामिलका लोकप्रीय अभिनेताको मृत्यु, कोरोनाको खोपका कारण मृत्यु भएको फ्यानको शंका



Spread the love

४ बैशाख, काठमाडाैँ । तामिलका लोकप्रीय अभिनेता विवेकको अचानक मृत्यु भएको छ । उनलको चेन्नइस्थित एक अस्पतालमा शनिकार साँझ अचानक मृत्यु भएको हो । उनी ५९ वर्षका भएका थिए ।

शुक्रबार बिहान हर्ट अट्याक भएपछि विवेक अस्पताल भर्ना भएका थिए । अस्पतालले निकालेको मेडिकल बुलेटिनमा उनको मृत्युको कारण मुटुमा देखिएको समस्या नै भएको उल्लेख छ ।

अहिले केही व्यक्तिहरूले उनको स्वास्थ्य समस्या कोरोना भाइरसको भ्याक्सिनका कारण देखिएको समेत शंका गरिरहेका छन् । तर, तामिल नाडुको अस्पतालले पत्रकार सम्मेलन गरि विवेको स्वास्थ्य समस्या र मृत्युमा कोरोनाको भ्याक्सिनको सम्बन्ध नरहेको प्रष्ट पारेको थियो ।

विवेकको अचानक मृत्यु भएपछि अहिले तामिल तथा बलिउडका कलाकारहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्