गजल
सच्चा प्रेमी भएदेखि फकाएर राख
नत्र भने त्यो जहर खनाएर राख
करकापले माया मोह हुदैन है प्रिय
छिटो गरी कामकुरा सकाएर राख
म चाहन्न भोलि फेरि वादविवाद होस
त्यसैले त पराइलाई झस्काएर राख
राजी छु अझै पनि राम्रो हुन्न भन्छौ भने
छुटानामको हाम्रो पेपर पल्टाएर राख
दोधारे ति कुरामा नअल्झ है सानु अब
सक्छौ अझै हाम्रो प्रेमलाई सल्टाएर राख ।।
प्रतिक्रिया दिनुहोस्