Logo

नागाबाबाको लिङ्ग बिरुद्ध सर्वोच्चमा रिट



Spread the love

शिवरात्रीमा नागाबाबाहरुले पशुपति क्षेत्रमा गर्ने लिङ्ग प्रदर्शन रोक्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट परेको छ ।

कानुन व्यवसायी यज्ञमणि न्यौपानेले रिट दायर गरेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । न्यौपानेले धर्मको नाममा नागाबाबाद्धारा गरिने अश्लील प्रदर्शन र उच्छृङखल व्यवहार नियन्त्रण गर्न आदेश माग गरी सो रिट दायर गरेका हुन् ।

समाचारमा लेखिएको छ, न्यौपानेले धर्मशास्त्रमा उल्लेख नै नभएको व्यवहार देखाएर नागाबाबाले समाजमा भ्रम र अन्धविश्वास फैलाइरहेको बताए ।

उक्त कार्य संविधानविपरीत भएको बताउँदै लिङ्गको प्रयोग गरी विभिन्न अश्लील खेलहरु खेल्ने, हेर्न बाध्य बनाउनेलगायतका कार्यबाट महिला तथा बालबालिकामाथि मनोवैज्ञानिक यौन हिंसा हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्