Logo

‘अब्बल शिक्षा’का लागि पाठशाला नेपाल



Spread the love

असल शिक्षाले व्यक्तिलाई बदल्छ र असल नागरिकले राष्ट्रलाई बदल्न सक्छन्।

कक्षा कोठामा गरिने विषयगत अध्ययन सँगसँगै सभ्यता, समाज, जीवनशैली, संस्कृति र परम्परा लगायतबाट प्राप्त हुने अनुभव र ज्ञान पनि शिक्षा हो ।

नेपालको शैक्षिक इतिहासमा एक पृथक संस्कृतिको सूत्रपात भएको छ । परीक्षामा सहभागी भएर उच्च नम्बर ल्याउनु नै उत्कृष्ट शिक्षा आर्जन गर्नु हो भन्ने मान्यताभन्दा फरक रहेर सार्थक शिक्षाःसार्थक जीवन भन्ने मर्मलाई आत्मसात् गर्दै जीवनोपयोगी र व्यावहारिक शिक्षणलाई प्रयोगमा ल्याइएकोे छ ।

शिक्षा लिनु बाँधिनु भनेको जीवन बाँच्ने कला सिक्नु हो भन्ने मर्मलाई आत्मसात गर्दै पाठशाला नेपालको स्थापना गरिएको हो ।

नेपाललाई माया गर्ने असल नागरिक उत्पादन गर्ने लक्ष्य र उद्देश्य प्राप्तिका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको व्यवस्था गरी शिक्षण सिकाइका आधारभूत मापदण्ड अनुसारका सिकाइकक्ष, सिकाइको मर्म अनुरूपको परिसर, यातायातको सुविधा, अत्याधुनिक प्रविधिको प्रयोग सहितको अध्ययन–अध्यापन लगायतका व्यवस्थाहरूले यहाँको वातावरण विद्यार्थीमैत्री सिकाइ मैत्री र चित्ताकर्षक छ ।

अत्याधुनिक विश्वसँग सुहाउने शिक्षण पद्धति अँगालेर पठनपाठन सञ्चालन गर्नु र क्रियाकलाप मुखीशिक्षामा जोड दिनु आजको आवश्यकता हो । सुनेरभन्दा देखेर, भेटेरभन्दा छोएर वा आफैं काममा सहभागी भएर गरिने शिक्षण सिकाइ सर्वश्रेष्ठ हुन्छ भन्ने मान्यताअनुसार पठनपाठन हुन जरुरी छ ।

यस्तो शिक्षणका लागि आवश्यक विज्ञान प्रविधि, कृषि, गणित, कम्प्युटर, कुकरी, नृत्य—सङ्गीत र भाषिक प्रयोगशालाहरू यस विद्यालयमा उपलब्ध छन् ।

जीवन सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण ज्ञान, सिप र अनुभव नै शिक्षा हो भन्ने तथ्य अनुरुप अध्ययन गर्ने विद्यार्थीहरूलाई सङ्गीत, आर्ट, माटाको भाँडा निर्माण कला, कागजकला,कवितावाचन, गीतगायन, अभिनय, वक्तृत्वकला, सामान्य ज्ञान, नाटक, पुस्तक समीक्षा जस्ता दर्जनौँ गतिविधिहरूका माध्यमबाट सर्वाङ्गीण विकासको लक्ष्यप्राप्त गरिन्छ ।

सकारात्मक सोच, मानवता र सिर्जनशीलता पाठशालाका प्राण हुन् । यहाँ शैक्षिक क्षेत्रमा लामो अनुभव र ज्ञान हासिल गरेका शिक्षक शिक्षिका मार्फत अध्ययन गराइन्छ र विद्यार्थीहरूलाई आफ्नो परिवार, समाज र राष्ट्रलाई माया गर्न सिकाइन्छ ।

आफ्ना कर्तव्यप्रति सचेत गराइन्छ र सत्कर्म प्रतिविश्वास राख्न उत्प्रेरित गरिन्छ । मानवीय सरोकारका विभिन्न कार्यक्रममा पनि सरिक रहँदै आएको पाठशाला नेपालले सामाजिक उत्तरदायित्व निर्वाहलाई उच्च प्राथमिकतामा राखेको छ ।

अर्काेतर्फ जेहेन्दार, गरिब र पिछडा वर्ग समुदायका विद्यार्थीहरूलाई विविध छात्रवृत्तिसमेत उपलब्ध छ भने शैक्षिक जनशक्तिका लागि नियमित तालिमको व्यवस्था छ ।

अतिरिक्त क्रियाकलापलाई शैक्षिक सिकाइकै अभिन्न अङ्गको रूपमा स्थापित गरी विभिन्न सदनहरू— खेलकुद, नाट्य, सङ्गीत लगायतका क्लवहरुको  निर्माण र परिचालन त्यसैगरी अतिरिक्त क्रियाकलाप अन्तर्गत प्रदर्शनी मेला र महोत्सवहरूको आयोजना गर्नुका साथै पदयात्रा, शैक्षिक भ्रमण, समाज अध्ययन कार्यक्रम, वृत्तचित्र अवलोकन जस्ता कार्यक्रमहरू पनि सञ्चालन गरिनुका साथै दु्रततम विकासमा अगाडि बढिरहेको वर्तमानबारे विद्यार्थीहरुलाई जानकार गराउन यसले देश भित्रकै महत्वपूर्ण भूभाग र अन्तर्राष्ट्रिय मुलुकहरुमा समेत भ्रमण गराउँदै आएको छ ।

विद्यार्थीहरूको सृजनात्मक क्षमता विकास गर्दै उनीहरूमा सकारात्मक दृष्टिकोण निर्माण गर्नका लागि विविध कार्यक्रमहरूको आयोजना गरी प्राज्ञिक, चर्चित, प्रतिष्ठित र विषयविज्ञ व्यक्तिहरूलाई निम्त्याएर विद्यार्थीहरूसँग अन्तक्र्रिया गराई उत्प्रेरित हुने वातावरण प्रदान गर्दै आएको छ ।

विद्यालय तहमा शिक्षकले विद्यार्थीको पर्सनल केयरिङ गर्ने पद्धति वा वातावण निर्माण गर्न सकियो भने मात्रै विद्यार्थीहरुले विद्यालयलाई परिवारको रुपमा ग्रहण गर्न सक्छन् । यो यथार्थलाई मनन गर्दै यस शिक्षालयले स्वास्थ्य सुरक्षा र मनोविज्ञान समेत समावेश गरी मनो परामर्श लगायतका विषयलाई आफ्नो शैक्षिक दायित्व भित्र नै समावेश गरेको छ ।

विषयगत शिक्षणसँगसँगै जीवन, समाज र मानवीय मूल्यसँग सम्बद्ध विषयमा विद्यार्थीहरूलाई कौशल, सिप र ज्ञान प्रदान गरिरहेको पाठशाला नेपाल, तमाम विद्यार्थी र अभिभावकहरूको सद्भाव र प्रेरणाका कारण सन् २००४ देखि काठमाडौँको नयाँबानेश्वर र ललितपुरस्थित बागडोलमा सञ्चालन भइरहेको छ ।

शिक्षाले जीवनका हरेक आयामहरूलाई समेट्न सक्नुपर्छ भन्ने अवधारणा अनुसार आफूलाई क्रियाशील गराइरहेको पाठशाला नेपालले हरेक वर्ष उत्कृष्ट प्रतिफल प्राप्त गरिरहेको छ ।

सङ्ख्यात्मक होइन गुणात्मकतामा विश्वास गर्दै सिमित सङ्ख्यामा मात्र विद्यार्थी भर्ना हुन्छन् र तिनै नानीहरुलाई समुध्द नेपालका नवनिर्माताको रुपमा देख्ने इच्छा यस संस्थाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्