Logo

तिलक ओली र रचना रिमालको ‘माया लाको चैत हो’ सार्वजनिक



Spread the love

काठमाडौं । गायिका रचना रिमाल र गायक तिलक ओलीको ‘माया लाको चैत हो’ गीत सार्वजनिक भएको छ । बिहीबार पुर्णिमा डिजिटल युट्युब च्यानलबाट उक्त गीत तथा भिडियो सार्वजनिक भएको हो ।

सगर रोकायाको शब्द रहेको गीतमा तिलक स्वयंले संगीत भरेका छन् । त्यसैगरी कुमार रानाले मास्टरिङको काम गरेका छन् । मारूनी डिजिटल स्टुटियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजनको काम पनि ओलीकै रहेको छ ।

त्यसैगरी गीतको भिडियमा मोडेल अभिषेक श्रेष्ठ र सृष्टि खड्कालाई फिचर गरिएको छ । उनीहरूसँगै भिडियोमा बिना बिश्वकर्मा र तिलक शाहीको पनि अभिनय रहेको छ ।

बिक्रम चौहानले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई प्रकाश खड्काले छायाँकन गरेका हुन् भने सम्पादनको काम मिलन बिश्वकर्माले गरेका छन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/miolO9B_XHI

प्रतिक्रिया दिनुहोस्