Logo

आगलागीमा परि गुल्मीमा ९ वर्षीया बालिकाको मृत्यु



Spread the love

२० चैत, गुल्मी । गुल्मीमा आगलागीमा परेर ९ वर्षीया बालिकाको ज्यान गएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ७ वाग्लाकी ९ वर्षीया सङ्गिता परियारको आगलागीमा परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

नुहाएर फर्कने क्रममा जङ्गलमा लागेको आगोमा परि उनको ज्यान गएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्