Logo

रजनीकान्तलाई ‘दादासाहेब फाल्के’ पुरस्कार दिइने भारत सरकारको निर्यण



Spread the love

एजेन्सी । दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तलाई प्रतिष्ठित दादा साहेब फाल्के पुरस्कार दिइने भएको छ । 

रजनीकान्तलाई सन् २०१९ को ‘दादा साहेब फाल्के अवार्ड २०२०’बाट सम्मानित गरिने भारतको केन्द्रिय सरकार सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले सामाजिक संजालमा ट्विट गर्दै यसको जानकारी दिएका हुन् । उनले, रजनीकान्तलाई चलचित्र क्षेत्रमा गरेको योगदानलाई हेरेर सरकारले यो निर्णय गरेको बताउँदै यसलाई राजनीतिसँग जोड्न नमिल्ने बताए ।

एक पत्रकार सम्मेलनमा उनले भने, ‘यो वर्षको दादा साहेक फाल्के पुरस्कार महान नायक रजनीकान्तलाई दिने घोषणा गर्दा हामीलाई खुशी लागेको छ । रजनीकान्तले विगत पाँच दशकदेखि सिनेमाको संसारमा राज गरेका छन् ।

५ सदस्यीय जुरीले यो निर्णय गरेको मन्त्रीले ट्विटमा उल्लेख गरेका छन् । यसअघि सन् २०१८ मा अमिताभ बच्चन, सन् २०१७ मा विनोद खन्ना, सन् २०१६ मा कसिनाथुनी विश्वनाथ, सन् २०१५ मा मनोज कुमारलाई यो अवार्ड मिलेको थियो ।

प्रतिक्रिया दिनुहोस्