Logo

सलमान खानसँग नृत्य गर्न यी नेपाली नायिकाहरुले गरे अस्वीकार,क-कस्ले गरे अस्विकार ?



Spread the love

मार्च १० तारिख, टुंडिखेलमा हुने सलमान खानको ‘दबंग द टुर’ मा नेपाली नायिकाहरु प्रियंका कार्की, स्वस्तिमा खड्का र एलिशा राईले अस्विकार  गरेका छन् ।

उनीहरुले आफुलाई सम्मान नभएको भन्दै सलमानको शोमा नाच्न अस्वकार गरेका हुन् । नायिका स्वस्तिमा खड्काले भनिन्-‘हामीलाई सम्मान नै भएन,हामी सलमान खानको कोरस भएर नाच्नु पर्ने त्यो पनि हिन्दी गीतमा । अनी हामीले ननाच्ने भनेका हौं ।’आयोजक ओडिसीले अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का र एलिशा राईलाई सलमानको शोमा उनीसँगै कोरसको रुपमा नृत्य गर्न अफर गरेको थियो । उक्त अफर यी अभिनेत्रीले अस्विकार गरेका हुन् ।

आयोजक ओडिसीले केही दिन पहिले राजधानीमा एक पत्रकार भेटघाटको कार्यक्रम गर्दै सोको बारेमा बिभिन्न जानकारी दिएको थियो । उक्त  कार्यक्रममा सलमानसँगै नेपाली अभिनेत्रीले समेत प्रस्तुति दिने बताएको थियो ।

सोही अनुसार आयोजकले नेपाली अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का र मोडल एलिशा राईलाई कोरसका रुपमा सलमानका साथ नृत्य गर्न  अफर गरेको थियो । सोही अफर अभिनेत्रीहरुले अस्वीकार गरेका हुन् ।

आफूहरुको सम्मान नभएको सोचेर प्रस्ताव अस्वीकार गरेको तीन अभिनेत्री मध्यकी एक स्वस्तिमा खड्काले बताइन् । ‘सलमान खानको कोरस भएर नाच्नु पर्ने त्यो पनि हिन्दी गीतमा,’ स्वस्तिमाले भनिन् ,‘पारिश्रमिक पनि हामीलाई एकदमै हेपेर प्रस्ताव गरियो ।’

आयोजक कम्पनी ओडीसी इन्टरटेन्मेन्टले नेपाली कलाकारलाई हेपेको भन्दै उनले आक्रोससमेत ब्यक्त गरिन् ।बुझिए अनुसार आयोजक ओडीसीले अभिनेत्रीहरुलाई एक लाख पारिश्रमिकमा नृत्य, ड्रेस र रिहर्सल समेत सकाउने प्रस्ताव गरेका थियो ।

नेपाली नायिकाले ननाच्ने भनेपछि अब सलमानको शोमा कुनै पनि नायिकाले ननाच्ने भएका छन् । यस विषयमा सलमान खानलाई जानकारी गराउँदा आश्चर्य प्रकट गरेका थिए ।

‘यो कुरा हामीले सलमानलाई पनि भनिसकेका छौं’, उनले भने, ‘उहाँ छक्क पर्नु भयो ।’ कार्यक्रम हुने हरेक देशका नायिकाले सलमानको कोरस भएर नै नाच्ने गरेको गुरुङले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्