Logo

सचिन तेन्दुलकरलाई कोरोना पुष्टि



Spread the love

१४ चैत एजेन्सी । भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना भाइरस संक्रमण भएको छ । उनले ट्विटमार्फत यसको जानकारी दिएका हुन् ।

उनका परिवारका अन्य सदस्यहरूको कोरोना रिपोर्ट नकारात्मक आएको छ।  उनले भनेका छन्, ‘म हल्का लक्षणहरु पछि कोरोना पोजिटिभ पाएको छु। मैले आफूलाई क्वारेन्टाइनमा राखेको छु।

यस बाहेक म यस महामारी सम्बन्धी सबै आवश्यक प्रोटोकलहरु पछ्याउँदैछु। म सबै हेल्थकेयर प्रोफेशनल्सलाई धन्यवाद दिन्छु।’

प्रतिक्रिया दिनुहोस्