महानगरीय पहरी वृत्त जगातीमा दुई दिनमा पाँच बलात्कार घटनाका उजुरी परेको छ ।
जसमध्ये चार बालिका र एक महिला बलात्कृत भएको घटना प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार मंगलबार साँझ सुर्यविनायक नगरपालिका ५ सिर्जनानगरस्थित १४ र १५ बर्षीया दुई बालिका बलात्कृत भएका हुन् ।
प्रहरीले बालिका बलात्कार गरेको आरोपमा सर्लाही बरहथा नगरपालिका १२ जानकीनगर घर भई सिर्जनानगर बस्ने २२ बर्षीया अमीर पण्डित र बानेश्वर बस्ने २१ बर्षीया सञ्जीव रायलाई पक्राउ गरेको खबर आजको कान्तिपुरमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्