Logo

गुल्मीका किशोरीहरुलाई तीन महिने तेक्वान्दो प्रशिक्षण



Spread the love

११ चैत, गुल्मी । गुल्मीका किशोरीहरुलाई तीन महिने तेक्वान्दो प्रशिक्षण दिइने भएको छ ।

सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आयोजना र जिल्ला खेलकुद विकास समिति गुल्मीको सह-आयोजनामा बुधबारदेखि तीन महिने तेक्वान्दोको प्रशिक्षण कार्यक्रम सुरु गरिएको जिल्ला खेलकुद विकास कार्यालय गुल्मीका कार्यालय प्रमुख डिल्ली विकले जानकारी दिए ।

११ देखी १९ वर्ष सम्मका ७५ जना किशोरीलाई सदरमुकाम तम्घासमा तीन महिना तेक्वान्दोको प्रशिक्षण दिइने प्रशिक्षक गिरि प्रसाद महाकिमले जानकारी दिए ।

आत्मरक्षा, छोराछोरी बिचको मानसिक विभेद अन्त्य गर्न तथा खेल क्षेत्रको विकासको लागि तालिमको आयोजना गरिको सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका कार्यालय प्रमुख लक्ष्मण प्रसाद ज्ञवालीले बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्