१० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतको गएको फागुन २३ गतेको फैसलामा पुनरवलोकनमा जानुपर्ने निष्कर्ष निकालेको छ ।
मंगलबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन्।
माओवादी केन्द्रले आज सिंहदरबारमा कानुन व्यवसायीहरुसँग छलफल गरेको थियो । छलफलमा कानुन व्यवसायीहरु शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधानलगायत सहभागी थिए । उनीहरुले ६० दिनभित्र पुनरवलोकन गर्न सकिने भएकाले तत्काल पुनरवलोकन गर्न सुझाएको सचेतक देव गुरुङले जानकारी दिए ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले नेकपा नाम विवादमा सर्वोच्चले गरेको फैसला पुनरवलोकनमा जाने विषयमा आफूहरु सकारात्मक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्