Logo

फोर्टिन स्टार कपमा महेन्द्र माविको ह्याट्रिक, फ्रिकिक गोलले दिलायो उपाधि



Spread the love

७ चैत, गुल्मी । सदरमुकाम तम्घास सम्पन्न तेस्रो फोर्टिन स्टार कपको उपाधि महेन्द्र नमुना माद्यामिक विद्यालय तम्घासले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा मालिका गाउँपालिकाको अर्जै माद्यामिक विद्यालयलाई १-० ले पराजित गर्दै महेन्द्र माविले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

महेन्द्र नमुनाका लागि खेलको १८ औं मिनेटमा कप्तान सुरज खत्रीले फ्रिकिक मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । १ गोलले पछि परेको अर्जै माविले रक्षात्मक खेल खेल्दै अन्तिमसम्म निरन्तर दवाबमा राखे पनि गोल गर्न सकेन । उसका लागि जर्सी नम्बर तीनका खेलाडी कमल परियारले निरन्तर काउन्टर अट्याक गरे पनि गोल गर्न भने असफल भए ।

महेन्द्र नमुनाका लागि १८ औं मिनेट पाएको फ्रिकिक सुनौलो अवसर बन्न पुग्यो । १८ औं मिनेटको गोलले महेन्द्र माविलाई फोर्टिन स्टार कपको लगातार तीन पटक उपाधि चुम्दै ह्याट्रिक पुरा गर्ने सफलता मिल्यो ।

उपाधिसँगै महेन्द्र नमुना माद्यामिक विद्यालयले ३५ हजार नगद कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको अर्जै माविले नगद २५ हजार हात पारेको छ ।

चैत ३ गते देखि सुरु भएको प्रतियोगितामा जिल्लाका ११ वटा माद्यामिक विद्यालयको सहभागिता रहेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्