Logo

रेसुङ्गा नगरपालिका वडा नम्बर १३ को वडा कार्यालय भवन उद्घाटन



Spread the love

७ चैत, गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका वडा नम्वर १३ को वडा कार्यालय शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले वडा कार्यालयको उद्घाटन गरेका हुन् ।

यसै आर्थिक वर्षको मसिंरबाट निर्माण थालिएको वडा कार्यालय चैत महिनामा निर्माण सम्पन्न भएको वडा अध्यक्ष खुम बहादुर खत्रीले जानकारी दिए । भवन निर्माणका लागि नेपाल सरकारबाट ३४ लाख रकम विनियोजन भएको थियो ।

लामो समयसम्म भाडाको घरबाट सेवा प्रवाह गर्दा सेवा लिने र दिने दुबैलाई समस्या रहेको स्मरण गर्दै अब ती समस्याहरु टरेको वडा कार्यालयको भनाई रहेको छ ।

वडा कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख भुसालले यस वडाको विकासको लागि आवश्यक पर्ने बजेट विनियोजनमा कुनै कन्जुस्याइँ नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै वडाअध्यक्ष खुम बहादुर खत्रीले वडाका गतिविधिको बारेमा जानकारी गराउँदै अहिलेसम्म विकासका काममा कहीं कतैबाट अवरोध नभएको भन्दै खुसी व्यक्त गरे । उनले भने ‘अहिलेसम्म यस वडामा कुनै पनि मुद्धा परेका छैनन् , सहयोग र साथका लागि सबै राजनितिक दल र विकासप्रेमी जनतालाई म धन्यवाद दिन चाहन्छु ।’

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्