Logo

अक्षय कुमार अभिनित चलचित्र ‘गोल्ड’ को टिजर सार्वजनिक



Spread the love

चलचित्र ‘ट्वाइलेट एक प्रेम कथा’को सफलतापछि अभिनेता अक्षय कुमार ‘प्याडम्यान’को प्रमोशनमा लागेका छन् ।  ‘प्याडम्यान’ को ट्रेलर र गीत पनि दर्शकले धेरै रुचाएका छन् । यसै क्रममा अक्षयको अर्को चलचित्र ‘गोल्ड’ को टिजर सार्वजनिक भएको छ ।यो चलचित्र भारत स्वतन्त्र भएपछि सन् १९४८ मा लण्डनमा आयोजित १४ औं ओलम्पिकमा हकी खेलबाट भारतले जितेको पहिलो गोल्ड मेडलमा आधारित छ । चलचित्रमा अक्षय कुमारले हकी कोचको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा रीमा कागतीको निर्देशन रहेको छ भने निर्माता रितेश सिधवानी र फरहान अख्तर हुन् ।

यही चलचित्रबाट टेलिभिजनकी अभिनेत्री मौनी रोयले बलिउडमा डेब्यू गरेकी छिन् । अक्षय कुमार, मौनी रोयसँगै अमित साध, विनीत सिंह, कुनाल कपूर  र शन्नी कौशललगायतको अभिनय रहेको चलचित्र ‘गोल्ड’ २०१८ को अगष्ट १५ मा रिलिज हुनेछ ।

हेर्नुहोस् टिजर:

https://youtu.be/gpWrT-LdMfs

प्रतिक्रिया दिनुहोस्