Logo

होसियार ! सुत्नु अगाडि नगरौँ यस्ता गल्ती, नत्र जे पनि हुन् सक्छ !



Spread the love

काठमाडौं । आफ्नो स्वस्थ्य र फिट रहन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने जवाफ हामीसँग नै छ । अनुचित खानपान, बढि आराम, मासिक धर्मको अनियमितता, थाइराइड, हार्मोनल असन्तुलन आदि कारणले मानिसको वजन बढ्छ ।

राति तपाईले केही गल्तीका कारण तपाईको तौल नियन्त्रणबाहिर हुन्छ । राति सुत्नुअघि त्यस्ता केही गल्ती गरिन्छ जसले तौल बढाउन सहयोग गर्दछ ।

डिनरमा भुटेको र तारेको खानेकुरा:
राति स्वादिलो खाने निहुँमा भुटेको, तारेको खानेकुरा खाइन्छ । यसमा धेरै क्यालोरी हुन्छ । रातको समयमा शरीरले उक्त क्यालोरी बर्न गर्न सक्दैन । त्यसैले रातको खाना सकेसम्म सुपाच्य र हल्का हुनुपर्छ ।

डिनरमा ओभरडाइटिङ
रातमा पाचन क्रिया सुस्त हुन्छ । यसले क्यालोरी बर्न हुन पाउँदैन । यसले गर्दा शरीरमा बोसो जम्मा हुन्छ । र तपाईमा मोटोपन बढाउँछ । त्यसैले टिभी हेर्दै डिनर नगरौँ । प्रोटिन र सागसब्जी बढी सेवन गरौँ ।

डिनर नगर्नु
मोटोपन एवम् तौल घटाउनकै लागि कतिले रातीको खाना खाँदैनन् । यसले पनि राम्रो नतिजा दिँदैन । किनभने राती खाना नखाएपछि ‘मेटाबोलिजम’ सुस्त हुन्छ । बिहान उठेपछि धेरै भोक लाग्छ र धेरै खानेकुरा खाइन्छ ।

डिनरमा कार्बोहाइड्रेटयुक्त खाना
पिज्जा, पास्ताजस्ता कार्बोहाइड्रेटयुक्त खानामा क्यालोरी धेरै हुन्छ । राति यस्तो खानेकुरा सेवन गर्दा फ्याट बढ्ने समस्याले सताउँछ ।डिनरपछि स्न्याक्स खानु

आइसक्रिम वा मिठाई
रातको खानापछि आइसक्रिम, मिठाई खाने बानी पनि सही होइन । यसमा क्यालोरी धेरै हुन्छ ।

राती अबेरसम्म नसुत्ने
राती धेरै समय नसुत्ने बानीले पनि तौल बढाउँछ । जब निन्द्रा पूरा हुँदैन ‘मेटाबोलिज्म स्लो’ हुन्छ, ‘फ्याट बर्न’ हुँदैन । त्यसैले भोक बढी लाग्छ । दैनिक ७ घण्टा नियमित सुत्ने गर्नुपर्दछ।

प्रतिक्रिया दिनुहोस्