Logo

विश्वविद्यालयमा प्रेमिकाले प्रपोज गरेको भिडियो भाइरल भएपछि २ जना नै रेस्टिकेट (भिडियो)



Spread the love

३ चैत, एजेन्सी । विश्वविद्यालय प्रांगणमा नै प्रेम प्रस्ताव गरेको र अंकमाल गरेको भन्दै एक जोडीलाई विश्वविद्यालयबाट निष्काशन गरिएको छ ।

पाकिस्तानको लाहोर विश्वविद्यालयमा अध्ययनरत एक जोडीले विद्यालय परिसरमै प्रेम प्रस्ताव सहित अंकमाल गरेपछि निष्काशित भएका हुन् । अनुशासन समितिले उनीहरूलाई विश्वविद्यालयको परिसरमा आउन समेत प्रतिबन्ध लगाएको छ ।

उनीहरूले विश्वविद्यालयको अनुशासन भंग गरेको अनुशासन समितिले आरोप लगाएको छ ।

सामाजिक सञ्जालमा उनीहरूको भिडियो भाइरल भएपछि विश्वविद्यालयले उनीहरू विरूद्ध एक्सन लिएको हो । विश्वविद्यालयको यो कदमको चाैतर्फी विरोध भइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्