सरकारले नयाँ बानेश्वर चोकमा पनि अन्डरपास (सुरुङ मार्ग) बनाउने भएको छ ।
चिनियाँ सहयोगमा कलंकीमा बनिरहेको अन्डरपास डिजाईनमा बानेश्वरमा पनि बनाउन लागिएको हो ।
यसअघि फ्लाईओभर बनाउने योजना रहेकामा सम्भाब्यता अध्ययनले माटोमा कमजोरी देखिएपछि बानेश्वरमा पनि अन्डरपास बनाउने निर्णय गरिएको हो ।
अन्डरपास निर्माणको प्रक्रिया अगाडि बढाउन लागिएको सडक विभागको पुल महाखा प्रमुख अर्जुन थापाले जानकारी दिए ।
संघीय संसद् भवनदेखि बान्शेवर चोक अगाडिसम्मको करिव एक किमि क्षेत्रभित्र अन्डरपास बनाउन सम्भाव्यता अध्ययन थालिएको खबर आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्