Logo

मालिका गाउँपालिकाको अभियान : नगरौँ बिहेको कुरा, नपुग्दै २० वर्ष पुरा



Spread the love

२ चैत, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले २० वर्षपछि गाउँपालिकाको परिकल्पना गर्दै तीन वर्ष भित्र बालविवाह मुक्त गाउँपालिका घोषणा गर्ने अभियानलाई तीव्रता दिएको छ ।

अभियानलाई सफल पार्न गठित मालिका समाज कल्याण परिषदद्वारा जनचेतना मुलक सडक नाटकको आयोजना सोमबारदेखि गरिको परिषदका अध्यक्ष तुल्सी अर्यालले जानकारी दिए ।

गाउँपालिका भित्रका माध्यमिक तथा निम्न माध्यमिक विद्यालयमा बालविवाह सम्बन्धि सडक नाटक प्रस्तुत गरि विद्यार्थीसंगै अभिभावकलाई सचेतना प्रदान गर्ने प्रयास गरिएको हो । सडक नाटकको माध्यमबाट २० वर्ष पुरा नहुँदै बिहे गर्दा हुने कानुनी झन्झटसँगै बालबालिकाको स्वास्थ्यमा पर्ने शारीरिक तथा मानसिक असर र समाजमा निम्त्याउने जटिलताका बारेमा सन्देश प्रदान गरिएको गाउँपालिका अध्यक्ष रित बहादुर थापाले बताए ।

सोमबारको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष देवा अर्यालले तीन वर्ष भित्र मालिका गाउँपालिकाकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गर्न सबै मालिकाबासीले साथ दिनुपर्ने बताइन् । त्यस्तै, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष शोभाखर गिरिले २० वर्ष पछिको गाउँपालिकाको परिकल्पना गर्दै सुरु गरिएको अभियानले २० वर्ष पछि मात्र देखिने खालको नतिजा दिने बताएका छन् ।

‘तीन वर्ष भित्र गाउँपालिकाकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गर्न र २० वर्ष पछिको समृद्ध र सुन्दर मालिका गाउँपालिका निर्माण अभियानलाई यस सडक नाटकले टेवा पुराउने विश्वास छ ।’ अध्यक्ष गिरीले भने ।

सडक नाटक चैत ५ गतेसम्म चल्नेछ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्