Logo

सलमानको ‘राधे’को रिलिज मिति तय



Spread the love

काठमाडौं। बलिउड सुपरस्टार सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ ।

सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे चलचित्रको रिलिज मिती १३ मे तोकेका हुन् । प्रभु देवाद्वारा निर्देशित एक्शन–ड्रामा ‘राधेः योर मोस्ट वान्टेड भाई’ २०२१ को बहुप्रतिक्षितमध्यको एक चलचित्र हो ।

सलमानले चलचित्र नयाँ पोस्टर सामाजिक सञ्जालमा शेयर गर्दै प्रदर्शन मिती घोषणा गरेका हुन् । पोस्टरमा अभिनेताले हातमा पेस्तोल समातेका छन् । उनले पेस्तोलबाट गोली वर्षाएको देखिन्छ । बलिरेहको हेलीकप्टर र तोपखानाको साथ युद्वको मैदान पृष्ठभुमिमा देखिन्छ । अन्य पोस्टरमा भन्दा सलमान राधेको यो पोस्टरमा आकर्षक देखिएका छन् ।

एक्सन थ्रिलर फिल्ममा सलमानका अलावा रणदीप हुड्डा, ज्याकी श्राफ र दिशा पाटनी महत्वपूर्ण भूमिकामा छन्। सलमान खान फिल्मस र जी स्टुडियोले मिलेर ‘राधे : योर मस्ट वान्टेड भाइ’ निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्