Logo

आखिर किन खौरीन केकी अधिकारीले कपाल, यस्तो छ वास्तविकता



Spread the love

२ चैत, काठमाडौं । पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल नायिका हुन् केकी अधिकारी ।

उनी बेला बेला सामाजिक संजालमा आइरहने नायिका पनि हुन् उनी फेरी भाइरल भएकी छ । आइतबार उनले इन्स्टाग्रामको स्टोरीमा अपलोड गरेको केही भिडियोमा उनको कपाल मुन्डन गरिएको देख्न सकिन्छ ।

नयाँ लूक्समा देखिएकी छिन् । सामाजिक संजाल इन्साट्राग्राममा उनले बाल्ड इज विउटिफुल भनेर आफ्नो केही फोटोहरु स्टोरीमा शेयर गरेकी छन् । 

अभिनेत्री केकी अहिले चलचित्र बोक्सीको घर अभिनयरत छिन् । नाटक बोक्सीको घरमा आधारित रहेर फिल्म निर्माण हुन लागेको हो । नाटक भने मण्डला थिएटरमा केही वर्ष अगाडि मञ्चन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्