Logo

सकियो मालिका प्याराग्लाइडिङ महोत्सव, देउराली डाँडा प्याराग्लाइडिङका लागि उपयुक्त रहेको पुष्टि



Spread the love

२९ फागुन, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले जिल्लामै पहिलो पटक सफलताका साथ प्याराग्लाइडिङ महोत्सव सम्पन्न गरेको छ । पर्यटन प्रवर्द्धनममा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाले महोत्सवको आयोजना गरेको हो ।

१५ दिनसम्म चलेको प्याराग्लाइडिङ महोत्सवमा ९० जनाले उडान गरेका छन् भने महोत्सवबाट एक लाख ८० हजारको कारोबार भएको मालिका प्याराग्लाइडिङ महोत्सव समितिका संयोजक बसन्त अर्यालले जानकारी दिए ।

गुल्मीमै पहिलो पटक आयोजना गरिएको महोत्सव सफलता पुर्वक सम्पन्न भएसंगै मालिका गाउँपालिका र सिंगो गुल्मी जिल्लाकै एउटा पर्यटकीय गन्तव्यको पहिचान भएको छ ।गाउँपालिकाले केही समय अगाडी प्याराग्लाइडिङको सफल परिक्षण गरे पछि आफनै लगानीमा महोत्सवको आयोजना गरेको हो ।

अबको लक्ष्य पाईलट उत्पादन र निजि क्षेत्र संग सहकार्य

परिक्षण उडान र महोत्सव सफल भएपछि गाउँपालिकाले अबको लक्ष्य प्याराग्लाइडिङका लागि पाईलट उत्पादन र निजि क्षेत्रसंग सहकार्य गर्ने बताएको छ । गाउँपालिकाको वडा नम्वर ४ स्थित देउराली डाँडा प्याराग्लाइडिङको लागि बलियो सम्भावना रहेको क्षेत्र पुष्टी भएको बताउँदै अब पाईलट उत्पादन र प्याराग्लाइडिङको नियमित उडानको लागि निजि क्षेत्रसँग सहकार्य गर्ने जनाएको छ ।

मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले भने ‘‘पर्यटन प्रवर्द्धन आर्थिक विकाससँग जोडिएको हुन्छ,र गाउँपालिकाको पर्यटनसँगै सर्वगाङ्गीण विकासका लागि प्याराग्लाइडिङ प्रवल सम्भावना रहेको प्रष्ट भएको छ। उनले थपे, ‘यसको विकास तथा नियमित उडानको लागि निजि क्षेत्रसँग सहकार्य गछौं जसले यहाँको पर्यटनसँगै कृषी, होटल व्यवसाय फस्टाउने छ । यसले रोजगारीका अवसर पनि सिर्जना हुनेमा हामी विश्वस्त छौं ।’

यता प्याराग्लाइडिङ सञ्चालक तथा पाईलट भुवन गाहाले पनि यस स्थान प्याराग्लाइडिङका लागि उपयुक्त भएको बताएका छन् । मालिका गाउँपालिकाले पनि पाईलट उत्पादन गर्नका लागि चासो दिएको छ ।

विभिन्न मापदण्ड पुरा गरी पाईलट उत्पादनका लागि आर्थिक सहयोग अनुदान तथा सहुलीयत दिन सक्ने उपाध्यक्ष देवा अर्यालले बताईन ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्