Logo

शिवरात्रीमा पशुपति जानेहरूका लागि नयाँ नियम



Spread the love

२६ फागुन, काठमाडाैँ । शिवरात्रीमा पशुपति प्रवेश गर्न चाहने भक्तजनहरूले अनिवार्य रूपमा मास्क लगाउनु पर्ने भएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै मास्क नलगाउने भक्तजनहरूलाई मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको हो ।

कोरोना महामारीका कारण यस वर्ष सातदेखि आठ लाख भक्तजनले मात्र पशुपतिनाथमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छ । साधुसन्तको सङ्ख्या पनि विगत वर्षको भन्दा कम हुने अनुमान छ ।

भोलिको शिवरात्रिका लागि झण्डै तीन हजार साधुसन्त पशुपति क्षेत्रमा आइसकेका कोषले जनाएको छ ।

शिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आजैदेखि झण्डै १० हजार सुरक्षाकर्मी परिचालन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्