Logo

अनमोल र सुहानाको बहुप्रतिक्षित चलचित्र ‘ए मेरो हजुर ४’ को रिलिज मिति तय



Spread the love

काठमाडौं । मेगास्टार अनमोल केसी र नायिका सुहाना थापाले अभिनय गरेको बहुप्रतिक्षित चलचित्र ‘ए मेरो हजुर ४’ को रिलिज मिति तय भएको छ । 

चलचित्रका निर्माता सुनिल कुमार थापाका अनुसार यही भदौ १८ गतेबाट चलचित्र प्रदर्शनमा आउने छ । अधिकांश छायाङ्कन सकिएको चलचित्र करोना भाइरसको कारण समयमा प्रदर्शन हुन सकेको थिएन ।

चलचित्रको फस्टलुकमा नायक अनमोल केसी र नायिका सुहाना थापा रोमान्टिक मुडमा देखिएका छन् । सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

यो चलचित्रमा झरना थापा र छेतेन गुरुङको कथा, मन्दिप गौतम, प्रतिक पौडेल र उपकार पाण्डे, झरना थापाा । छेतेन गुरुङको पटकथा तथा संवाद छ ।

सुनिलले आफ्नो फेसबुकमा लेखेका छन् , ‘१११औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना । हाम्रो चलचित्र ए मेरो हजुर–४ भाद्र १८ (२०७८) मा प्रदर्शन हुँदैछ । सदाझैं हजुरहरुको साथ र सहयोगको अपेक्षा राख्दछु’।

चलचित्र छायाँकनको अन्तिम चरणमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्