Logo

अनेरास्ववियू अक्सफोर्डको अध्यक्षमा तारादेव डाँगी चयन



Spread the love

२४ फागुन, काठमाडौं । अक्सफोर्ड एडभान्स इन्जिनियरिङ कलेज अनेरास्ववियूको इकाई कमिटी सम्मेलनले अध्यक्षमा तारादेव डाँगीलाई चयन गरेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियूले अक्सफोर्ड कलेजमा तारादेव डाँगीको नेतृत्वमा २१ जनाको नयाँ कार्यसमिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा सन्दिप विश्वकर्मा, मेघराज महतारा, सचिवमा खेमराज सज्याल र कोषाध्यक्षमा जुनु वली चयन भएका छन् ।

इकाई कमिटी सम्मेलनमा अनेरास्ववियू सिटिभिटीका अध्यक्ष बिरेन्द्र बिष्ट, सिटिभिटीका नेता हर्क बहादुर बम, जगत भण्डारी, मुनसिंह धामी लगायतको उपस्थिति रहेको थियो ।

अध्यक्षमा चयन भएका तारादेव डाँँगी

प्रतिक्रिया दिनुहोस्