Logo

सल्यानी युवा संजालको सितलपाटीमा स्वास्थ्य जनचेतनामुलक कार्यक्रम सम्पन्न – (फोटोफिचर सहित)



Spread the love

सल्यान – सल्लेरी खबर । माघ २२, २०७४ ।

सल्यानी युवा संजालको आयोजना तथा रोटर्याक्ट क्लब काठमाडौँ मेडिकल कलेजको सहकार्यमा सितलपाटी स्थित शिवजन उ.मा.वि.मा “स्वास्थ्य जनचेतनामुलक कार्यक्रम” सफलतापुर्बक सम्पन्न गरेको छ ।

कार्यक्रममा शिवजन उ.मा.वि.का विभिन्न कक्षाहरूमा अध्ययनरत छात्रछात्राहरूलाई प्राथमिक उपचार, सरसफाइ, दन्त सुरक्षा तथा अन्य विविध स्वास्थ्य सम्बन्धित ज्ञानवर्दक कुराहरू सिकाइएको थियो। त्यसैगरी, कक्षा ८, ९ र १० मा अध्ययनरत छात्राहरूलाई महिला स्वास्थ्य, प्रजनन, र महिनावारी सम्बन्धी जानकारी दिइनुका साथै सबैलाई ‘प्याड’ पनि वितरण गरिएको थियो ।

साथै, कक्षा १ र २ का छात्रछात्राहरूलाई सरसफाइ बारे सचेतना दिलाए सँगै उनीहरूलाई ‘टुथ ब्रस र मञ्जन’ पनि वितरण गरिएको थियो ।

यो पनि पढ्नुहोस ।

सल्यानी युवा संजालको आयोजनामा बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न – (फोटोफिचर सहित)

प्रतिक्रिया दिनुहोस्