Logo

गुल्मीमा ३५ सय जेष्ठ नागरिकले लगाए कोरोना विरूद्धको खोप



Spread the love

२३ फागुन, गुल्मी । गुल्मीमा दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ ।

जिल्लाका १२ वटा स्थानीयतहलाई दुई चरणमा विभाजन गरी खोप अभियान सुरु गरिएको हो ।

पहिलो चरणमा आजदेखि जिल्लाका आठ वटा स्थानीय तहमा खोप अभियान सुरु भएको छ भने आठ स्थानीय तहका ३५ सय जना जेष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीमा सुचना अधिकारी पशुपती आर्चायले जानकारी दिए ।

दुई दिनसम्म चल्ने खोप अभियानमा आज पहिलो दिन जिल्लाको इस्मा गाउँपालिकामा ५ सय ६५ जना, धुर्कोट गाउँपालिकामा ६ सय ६३ , चन्द्रकोट गाउँपालिकामा १ सय ८५, मुसिकोट नगरपालिकामा २ सय ६०, मालिकामा गाउँपालिकामा ८ सय, सत्यवती गाउँपालिकामा ४५, मदाने गाउँपालिकामा ४ सय र कालीगण्डकी गाउँपालिकामा ५ सय २० जेष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् ।

त्यस्तै जिल्लाका अन्य चार स्थानीय तहमा केही दिनपछि खोप अभियान सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी आर्चायले बताए ।

गुल्मीमा ६५ वर्षमाथिका १८ हजार ८ सय ८३ जना ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्