संघीय संरचनाअनुसार बजेट ल्याउने तायरी गरिरहेको सरकारलाई २ खर्ब ८० अबै रुपैयाँ बराबरको श्रोत अपुग हुने देखिएको छ ।
संघीय संरचनामा मुलुक प्रवेश गरे पनि परम्परागत रुपमै सरकारले १४ खर्बको बजेट ल्याउने गृहकार्य गरेको छ ।
चालु आर्थिक बर्षका लागि १२ खर्ब ७८ अर्बको बजेट ल्याएको सरकारले परम्परागत स्रोतकै आधारमा आगामी आर्थिक बर्षका लागि बजेट ल्याउने तयारी थालेको हो ।
संघीय संरचनाअन्र्तगत प्रत्येक बर्षको जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था छ भन्ने खबर आजको कारोवार डेलीमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्