Logo

प्रहरीद्वारा गुल्मीकी सम्झना केसीको हत्यारा सार्वजनिक



Spread the love

२० फागुन, गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका ३ भाडागाउँकी २१ वर्षीया सम्झना केसीको हत्यारालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्वजनिक गरेको छ ।

गत माघ ३० गतेरातीदेखि बेपत्ता भएकी केसीको शव फागुन १७ गते आफ्नै घर नजिक क्षतविक्षत अवस्थामा प्लाष्टिक भित्र फेला परेको थियो ।

अनुसन्धानको क्रममा उनका नाताले ससुरा पर्ने ४७ वर्षीय लाल बहादुर खत्रीले हत्या गरेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

जिल्ला अदालत गुल्मीबाट सात दिनको म्याद थपि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डे बताए ।

सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते उनकी सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्