Logo

मध्यरातमा तम्घास बजारबाट बोलेरो जिप चोरी



Spread the love

१९ फागुन, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास बजारबाट बोलेरो जिप हराएको छ ।

गएराती रेसुंगा नगरपालिका वडा नम्वर १ पुतली बजार स्थित आफनै घरअघि पार्किङ गरि राखेको केशव अधिकारीको लु १ च ६१६४ नम्वरको जिप चोरी भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्