Logo

सल्यानी युवा संजालको आयोजनामा बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न – (फोटोफिचर सहित)



Spread the love

सल्यान – सल्लेरी खबर । माघ २१, २०७४ ।

सल्यानी युवा संजालको आयोजना र वाघचौर नगरपालीकाको सहकार्यमा रोटयाक्ट क्लव अफ काठमाण्डौको सहयोगमा काठमाण्डौ मेडिकल कलेजका विषेषज्ञ डाक्टरहरुको प्रत्यक्ष सहभागीतामा जनकल्याण नमुना माविको प्राङ्गणमा बृहत नि:शुल्क स्वास्थ्य शिविर तथा नि:शुल्क औषधि बितरण कार्यक्रम सान्दार रुपले सफलतापुर्बक हिजो माघ २० गते सम्पन्न भएको छ ।

निशुल्क रुपमा आयोजना गरीएको स्वास्थ्य शिविरमा दिइएका सेवाहरुमा सामान्य स्वस्थ्य परीक्षण, सुगर परीक्षण, क्षयरोग परीक्षण, दन्त शिविर र आँखा उपाचारको सेवा प्रदान गरीएको थियो । विरामीको स्वास्थ परीक्षणका लागी शिक्षण अस्पतालका ईमरर्जेन्सि विभाग सम्हाली रहनु भएका डा.नितेन्द्र वज्राचार्य, डा.शशांक घिमिरे तथा मेडिकल अधिकृत डा.नितेश मिश्र गरी १७ जना डाक्टरको समुहले विरामीको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको थियो ।

वाघचौर नगरपालीका वडा नं २ अन्तर्गत जनकल्याण उच्च मा.वि परीसरमा आयोजना गरीएको उक्त स्वास्थ शिविर वाट २४३ पुरुष र ७२० जना महिला गरी जम्मा ९६३ जनाले सेवा प्राप्त गरेका थिए भने विरामीहरुलाई चेकजाँच सँगै औषधि पनी निशुल्क वितरण गरीएको थियो ।

आयोजक सल्यानी युवा संजालका अध्यक्ष सुदर्शन वुढाथोकीका अनुसार हिजै मात्र  ५४ जना मोतिया विन्दुका विरामी तथा १२ जना टि.विका संकास्पद विरामीहरु भेटीएको जानकारी दिएका थिए भने आँखाको परीक्षणका क्रममा भेटीएका मोति विन्दुका  ५४ जना विरामीको आगामी एक महिना भित्रमा नै शिविर राखेर निशुल्क अप्रेशन गरीने अध्यक्ष वुढाथोकीले वताएका छन । परीक्षणमा क्षयरोग (TB) को १० जना बिरामी (सस्पेक्ट) भेटिएका थिए भने उहाँहरुको पनि थप उपचार नि:शुल्क हुने वुढाथोकीले वताएका छन ।

निकै लामो प्रयास, छलफल र तयारी पछि आयोजना तथा सम्पन्न गरीएको स्वास्थ्य परीक्षण कार्यक्रममा वाघचौर नगरपालीका, शिद्ध कुमाख गाँउपालीका, कुमाख गाँउपालीका र केही मात्रामा रोल्पा जिल्लाका नागरीकहरुले समेत शिविरमा आफनो स्वस्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य परीक्षणकै लागी काठमाण्डौ वाट १७ जनाको डाक्टरको टोली थारमारे आएको थियो ।

सल्यानि युवा संजालको आयोजना र बागचौर नगरपालिकाको सहकार्यमा Rotract club of Kathmandu को सहयोगमा काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुको प्रत्यक्ष चेकजाँचमा जनकल्याण नमूना मा.वि. थारमारे सल्यान को प्राङ्गणमा बृहत स्वास्थ्य शिविर तथा निशुल्क औषधि वितरण कार्यक्रम मा सल्यानि युवा संजालका अध्यक्ष सुदर्शन बुढाथोकी नजिकै रहनुभएका आमाबुवा तथा दिदि बहिनीहरु सङ कुरा गर्दै ।

 

 

तस्विर : बामदेब के.सी ।

प्रतिक्रिया दिनुहोस्